अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-२ मा यादवसँग मतान्तर घटाउँदै कुशवाहा

बारा-२ मा यादवसँग मतान्तर घटाउँदै कुशवाहा


बारा – बारा-२ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राख्नु भएको छ।

पछिल्लो मतपरिणाम अनुसार उपेन्द्र यादवले अग्रता कायमै राख्नु भएको छ । यता उहाँका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले मतान्तर घटाउँदै लानु भएको छ। यसअघि उपेन्द्र यादव कुशवाहाभन्दा ५ हजार १३ मतले अगाडि हुनुहुन्थ्यो । अहिले कुशवाहाले मतान्तर घटाएर ४ हजार ३२२मा पुर्‍याउनु भएको हो।

यादवले १८ हजार ४९६ मत पाउँदा कुशवाहाले १४ हजार १७४ मत पाउनु भएको छ।  यस्तै नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले पाउनु भएको छ । उहाँले ५ हजार ५१४ मत पाउनु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार १९६ मत र आम जनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार मत पाउनु भएको छ ।