अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा -२ बाट उपेन्द्र यादव विजयी

बारा -२ बाट उपेन्द्र यादव विजयी


काठमाडौं -बारा निर्वाचन क्षेत्र २ बाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्नुभयो।
निर्वाचन आयोगका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाउनुभयो। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गर्नु भएको छ ।

पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८ सय २९ मत आयो।