अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समय बदल्न आफू बदलिनु छ : विश्वप्रकाश शर्मा

समय बदल्न आफू बदलिनु छ : विश्वप्रकाश शर्मा


काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको परिणामले आफूहरूलाई रूपान्तरण हुन सन्देश दिएको बताउनुभएको छ।
तीनवटै क्षेत्रको उपनिर्वाचन नतिजा आएपछि विजयीहरूलाई बुधबार बिहान बधाई तथा शुभकामना दिँदै कांग्रेस महामन्त्री शर्माले पुराना दल तथा नेताले आफूलाई सच्याउनुपर्ने आवश्यकता महसुस गर्नुभएको हो।
‘उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना । परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ’, महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समयअनुरूप आफूलाई बदल्नुछ। नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी। आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ। जय नेपाल ।’