काठमाडौं – राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने बताउनु भएको छ।
बुधवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले कुन–कुन रोगको नेपालमा उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।
पौड्यालले भन्नुभयो, ‘हाम्रो देशको राष्ट्रपतिज्यु करीब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ। बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ। तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई? नेपालमा त्यसको उपचार
हुन्थ्यो कि हुन्नथ्यो? अनि उहाँको सुधार कस्तो भइराखेको छ? यो विषयमा सरकारले जनताहरुको लागि सदनमा जानकारी गराउनुपर्छ।’
उहाँले वीर अस्पतालमा भीभीआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘वीर अस्पतालमा भीभीआइपी कक्ष धुलो लागेर अलपत्र छ। हाम्रा भीभीआइपीहरु धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको छ। कुन–कुन रोगको नेपालमा उपचार हुँदैन? त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने पनि सरकारले ध्यान दिनुपर्छ।’
प्रतिक्रिया