अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा पुगेर अध्यक्ष ओलीले भन्नुभयो: नेपालको सर्वाधिक लोकप्रिय पार्टी एमाले

झापा पुगेर अध्यक्ष ओलीले भन्नुभयो: नेपालको सर्वाधिक लोकप्रिय पार्टी एमाले


काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले अहिले पनि नेपालमा सर्वाधिक लोकप्रिय पार्टी रहेको बताउनुभएको छ ।
झापाको बुद्धशान्ती गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले एमालेसँग जतिसुकै र जोसुकैले मोर्चा बनाएर लड्न आए पनि अरु भन्दा अग्लो भएको बताउनुभएको छ । ‘एमालेसँग लड्न जो सुकैले जस्तो सुकै मोर्चा बनाएर आए पनि एमाले अरु भन्दा अग्लो छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘मान्छेले नानाथरी भ्रम फैलाउन खोजेका छन् । त्यसका पछि लाग्नु पर्ने कुनै कारण छैन ।’
अध्यक्ष ओलीले ७४ वर्ष चारजना मानिसले खोलेको कम्यूनिष्ट पार्टी कालान्तरमा एमाले जस्तो विशाल पार्टीमा रुपान्तरण भएको उल्लेख गर्नुभएको छ । ‘आज जहाँ जनता त्यहाँ एमाले पुगेको छ ’ ओलीले भन्नुभयो ।


चारदिनका लागि झापा,इलाम,पाँचथर र तेह्रथुमका विभिन्न कार्यक्रममा सरिक हुन अध्यक्ष ओली त्यसतर्फ लाग्नु भएको हो ।