अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज इलाममा पार्टीको जिल्ला परिषद बैठकलाई सम्बोधन गर्नुहुने

अध्यक्ष ओलीले आज इलाममा पार्टीको जिल्ला परिषद बैठकलाई सम्बोधन गर्नुहुने


इलाम- कोशी प्रदेशको भ्रमणमा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज इलाम सदरमुकाममा आयोजना हुने एमाले जिलला परिषदको बैठकलाई सम्बोधन गर्नुहुनेछ ।
एमाले इलामले जनाए अनुसार विहान ११ बजे गौतमबुद्ध सभा हलमा आयोजना हुने कार्यक्रममा दशौं जिल्ला अधिवेशनका प्रतिनिधीहरु,जिल्ला सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्यहरु,जिल्ला कमिटीका सदस्यहरु,पालिका तथा इलाका कमिटीका पदाधिकारीहरु,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु पार्टीका वडा तथा शाखा कमिटीका अध्यक्षहरु सहभागी हुनेछन् ।
अध्यक्ष ओली आज पाँचथरको फिदिममा बास बस्नु हुनेछ । भोली अध्यक्ष ओलीको जन्मस्थानमा उहाँकै पहलमा निर्माण भएको प्राविधिक कलेजको उद्घाट गरेर फिदिम आएर बस्ने कार्यक्रम रहेको एमाले कोही प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिनुभयो ।