काठमाडौँ-सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा आवेदन आह्वान गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै स्थानीय सरकारी सेवा चौथो तहका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदमा आवेदन आह्वान गरेको हो ।
सार्वजनिक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग गरेको हो । योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त अनलाइनबाट दिन सक्नेछन् ।
प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको प्राथमिकता क्रम अनुसार नियुक्तिका लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ ।








प्रतिक्रिया