काठमाडौँ-एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा कतारले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।
कतारविरुद्धको खेलका लागि नेपालले टिममा एक जना परिवर्तन गरेको छ । गुलसन झालाई प्लेइङ ११ मा राख्दै करण केसीलाई बिश्राम दिएको छ ।
जारी प्रतियोगितामा अपराजित रहेको नेपाल आजको खेलमा कतारलाई पराजित गर्दै समूह ए को विजेता बन्ने लक्ष्यमा छ ।
प्लेइङ ११ः
आसिफ शेख, कुशल भुर्तेत, रोहित पौडेल, भिम सार्की, कुशल मल्ल, गुलसन झा, आरिफ शेख, सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी
प्रतिक्रिया