अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्थिक संकटका बेला पूर्व लडाकुलाई पैसा बाँड्ने कुराको विरोध गर्न काँग्रेस नेता शेखर कोइरालाको आह्वान

आर्थिक संकटका बेला पूर्व लडाकुलाई पैसा बाँड्ने कुराको विरोध गर्न काँग्रेस नेता शेखर कोइरालाको आह्वान


काठमाडौं -सामाजिक सञ्जालमा कमै मात्र सक्रियता देखाउने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी सम्बद्ध सरकारको एउटा निर्णयमा सामाजिक सञ्जालबाटै कडा आपत्ती जनाउनुभएको छ । उहाँले माओवादीका पूर्व लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।
बिहीबार फेसबुकमा लेख्दै कोइरालाले अयोग्य पूर्वलडाकुलाई पैसा होइन, रोजगारी दिनुपर्ने उल्लेख गर्नुभएको छ ।
ुविगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन, कोाइरालाले लेख्नुभएको छ ।

कोइरालाले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्न काँग्रेस कार्यकर्तालाई आह्वान गर्नुभएको छ । सरकारको यस्तो कार्य रोकेर भविष्यका लागि सचेत बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।