अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामबाट अध्यक्ष ओलीले भन्नुभयो: म माथिको हमलामा प्रचण्ड र माधवका कार्यकर्ता संलग्न छन्

इलामबाट अध्यक्ष ओलीले भन्नुभयो: म माथिको हमलामा प्रचण्ड र माधवका कार्यकर्ता संलग्न छन्


इलाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो र आज आफू र सुरक्षाकर्मी माथीको आक्रमणमा माओवादी र नेकपा एसका कार्यकर्ता संलग्न रहेको बताउनुभएको छ।
इलाम जिल्लामा जिल्ला परिषदको बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले आफूलाई ज्यान मार्ने उद्योग गर्ने उदण्डलाई छुटाउन माधव र प्रचण्डका नेताहरु प्रहरी कार्यलय पुगेको बताउनुभएको छ। हिजो झापाको बुधबारेमा अध्यक्ष ओली माथि भौतिक हमलाको प्रयास भएको थियो । आज इलाम जाने क्रममा पनि ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध बनाउने प्रयास भएको थियो ।
अध्यक्ष ओलीले प्रहरीले कोशी नाम राखेको हो र उनीहरु माथि आक्रमण गरेको भनेर प्रश्न गर्नुभएको छ। अध्यक्ष ओलीले आफूहरु सरकारको व्यवबहार हेरिरहेको तर यसलाई प्रतिकारमा उत्रनु पर्दँ धेरै महंगो पर्ने बताउनुभएको छ ।