कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेस गर्नुभएकोछ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पाण्डेले मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै पाण्डेले दाबी पेस गर्नुभएको हो।
प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । उक्त समय बिहीबार साँझ ४ बजे सकिँदै छ । सोही आह्वान अनुसार पाण्डेले आज मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको हो।
सरकारको दाबीका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेले हस्ताक्षर गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको हो । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसद्मा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सिट रहेको छ।







प्रतिक्रिया