काठमाडौँ-राष्ट्रियसभाको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
हिजो (बिहीबार) का लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित गरिएको थियो ।
बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने जनाइएको छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।






प्रतिक्रिया