अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक बस्दै, विषयगत समिति गठनको प्रस्ताव गरिने

प्रतिनिधिसभा बैठक बस्दै, विषयगत समिति गठनको प्रस्ताव गरिने


काठमाडौँ-संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकको सम्भावित कार्यसूचीमा विषयगत समिति गठन रहेको छ ।

संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।