काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ ।
मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आज एक सूचना जारी गर्दै कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।
कक्षा १२ वा सो सरहको परीक्षामा कम्तीमा २.४ जीपीए वा ५० प्रतिशतभन्दा बढी अंक ल्याएका, स्वदेशी विश्वविद्यालय वा क्याम्पसहरुमा स्नातक तहमा भर्ना भएकाले आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया