अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यालयमा राजनीति गर्नु अपराध हो : मेयर बालेन  

विद्यालयमा राजनीति गर्नु अपराध हो : मेयर बालेन  


काठमाडौँ-काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा अनेरास्ववियु (क्रान्तिकारी)ले गरेको तालाबन्दी फोडिएको छ । महानगरका अधिकारीले ताला फोडेका हुन् ।

महानगरका मेयर बालेन्द्र साह (बालेन)ले ‘अमूक दलगत शैक्षिक संगठनको दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको’ बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जालमार्फत उहाँले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको उल्लेख गर्नुभएको छ ।  

“विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ । त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो,” उहाँले फेसबुकमा लेख्नुभएको छ, “यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमूक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौँ ।”

विद्यालयमा राजनीतिक दलका भ्रातृसंगठनका कार्यक्रम नगर्न निर्देशन दिइएको विरोधमा हिजो क्रान्तिकारीले विभागमा तालाबन्दी गरेको थियो ।