अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सुनचाँदीको मूल्य घट्यो

 सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ-शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ९ हजार एक सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।