काठमाडौँ – संघीय संसद्को अधिवेशन अन्त्यको तयारी गरिएको छ। आज (शुक्रबार) को बैठकपछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनायो ।
मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् । आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ ।
सभामुखले १० वटा विषयगत समितिमा रहने सदस्यहरु पनि जानकारी गराउने कार्यसूची छ । तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन विशेष समिति भने नबन्ने भएको छ । प्रमुख तीन दलबीच केही दिन पहिले विशेष समिति बनाउने सहमति भएको थियो ।







प्रतिक्रिया