अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असक्षम सरकारलाई बोकिरहनु आवश्यक छैन: नवनिर्वाचित सांसद वाग्ले

असक्षम सरकारलाई बोकिरहनु आवश्यक छैन: नवनिर्वाचित सांसद वाग्ले


काठमाडौं – नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले असक्षम सरकारलाई बोकिरहनु आवश्यक नरहेको बताउनु भएको छ।

आज सिंहदरबारमा सांसद पदको शपथ लिनुभएपछि तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा वाग्लेले भन्नुभयो, ‘नेपालमा मात्रै होइन् विश्वभरि नै असक्षम सरकारको निरन्तरता कसैले चाहेको हुँदैन् । असक्षम सरकारलाई बोकिरहनु पर्छ भन्ने छैन । यस्तै किसिमको अस्थिरता रहने हो भने त्यो अभ्यास गरिरहनु म तुक देख्दिनँ।’

स्थिरता एउटा साधन भए पनि आफूहरुले सुशासन र सम्मुनति जस्ता साध्यलाई पछ्याउने बताउनु भयो । उहाँले तत्काल सरकारमा जाने कुरा ठूलो नभएको टिप्पणी गर्नुभयो ।