अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले किन प्रदेश र स्थानीय तहको बजेट कटौती गर्‍यो? : ठाकुरे गैरे

सरकारले किन प्रदेश र स्थानीय तहको बजेट कटौती गर्‍यो? : ठाकुरे गैरे


काठमाडौं- नेकपा एमालेका सांसद ठाकुरे गैरेले सरकारले प्रदेश र स्थानीय तहको बजेट कटौती गरेको भन्दै आपत्ती जनाउनु भएको छ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले योजना सम्पन्न गर्ने समयमा सरकारले ५० प्रतिशत बजेट कटौती गरेको भन्दै आपत्ती जनाउनु भएको हो ।

‘हिजो अर्थमन्त्रालयले महालेखा परीक्षकको कार्यालयलाई पठाएको पत्रमा स्थानीय सरकार र प्रदेश सरकारले सञ्चालन गरेका  खानेपानी,सिचाइँ, सडक अरू जनताको जीवनसँग प्रत्यक्ष जोडिएका कामका विषयमा ५० प्रतिशत बजेट कटौती गरेको पत्र पठाएको कुरा सुन्यौ’ उहाँले भन्नभयो,’जनताले योजना सम्पन्न गर्दैगर्दा अब ती योजना बन्द गर्नुपर्ने के अवस्‍था आइलाग्यो सरकार?’

उहाँले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमाथि पनि प्रश्न उठाउनु भयो । उहाँले भन्नुभयो,’यो हिउँदे अधिवेसन आज अन्तिम हुँदैछ भन्ने खबर सुनेका छौं। यो अधिवेसन प्रधानमन्त्रीसँग भेट भएर सकिने हो कि नभइ सकिने हो?’

सांसद गैरेले सांसदमा उठेका प्रश्नको जवाफ नआएको भन्दै आपत्ती जनाउनु भयो । उहाँले भन्नुभयो, ‘सांसदमा उठेका प्रश्नको जवाफ आउँदैन। यस देशको संसदले प्रश्नको जवाफ पाउने हो कि नपाउने हो प्रश्न उठिराखेका छन्। उहाँले सरकारबाट गैरजिम्मेवारी काम भएको भन्दै यसको जवाफ संसदले पाउनुपर्नेमा जोड दिनुभयो ।