काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले मुलुकमा शान्ति सुरक्षा चुस्त बनाउन सरकारसँग माग गर्नुभएको छ।
आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली यही वैशाख १३ गते आफ्नो निर्वाचन क्षेत्र झापामा भएको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा केही व्यक्तिले साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो।
उपाध्यक्ष पौडेलले बिहीबार (हिजो) इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि अध्यक्ष ओलीसहितका नेताहरुलाई एम्बुस थापेर आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाउनु भएको हो । उहाँले सत्तापक्षकै कार्यकर्ताहरु पनि सो आक्रमणको घटनामा सामेल भइरहेको सूचना आफ्नो पार्टीले पाएको जिकीर गर्दै यथार्थ जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नु भयो ।
उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भयो। उहाँले सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न लाचारी र कायरता प्रर्दशन गरिरहेको भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभयो । उपाध्यक्ष पौडेलले भन्नु भयो, ‘हिजो इलामको पशुपति नगरबाट फर्कने क्रममा बाटोमा एम्बुस थापेर हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि एम्बुस थापेर आक्रमण गर्ने, आज पनि खुलेआम विरोध प्रर्दशन गर्दै तोडफोड गर्ने काम भइरहेको छ । यस्तो अवस्थामा सभामुख महोदय, हाम्रो देशमा सरकार छ कि छैन ? यो अत्यन्तै चिन्ताको विषय हो कि सरकारले अर्कमण्यता प्रर्दशन गरिरहेको छ । एक प्रकारले भन्ने हो लाचारीपन प्रर्दर्शित गरिरहेको छ । म यो कायरताको, लाचारीपनको घोर निन्दा र भत्र्सना गर्न चाहन्छु । खेद व्यक्त गर्न चाहन्छु । म भन्न चाहन्छु सभामुख महोदय, यो आक्रमणमा सरकार आफै संलग्न भएको छ । यो विषय सम्मानित सदन उठ्यो । गृहमन्त्रीले आएर जवाफ पनि दिनु भयो । उहाँले गृहमन्त्रीले जवाफ त दिन भयो । तर आक्रमण प्रयास रोकिदैन । यो सरकारले चाहेको के हो ? हामीले गृहमन्त्रीको कुनै मिठो प्रवचन होइन । शान्ति सुरक्षाको व्यवस्था हुनु प¥यो । यहाँले नेताको मात्रै होइन, आज नागरिकको शान्ति सुरक्षाको सुनिश्चित गर्नु प¥यो । गृहमन्त्रीले दिएको जवाफले अव पुगेन । यस प्रश्नमा सरकार सदनलाई जानकारी दिनु प¥यो । सम्माननीय प्रधानमन्त्री आफैंले आएर संसदमा जवाफ दिनु पर्छ ।’
सो घटनाका घाइते जीवनमरणको अवस्थामा रहेको जानकारी गराउँदै उहाँले घाइतेको काठमाडौँमा ल्याएर उपचार गर्न सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशमा सरकार छ कि छैन ? संविधानले दिएको अधिकार प्रयोग गर्दा आक्रमणमा सत्ता निकट मानिस संलग्न रहेको अध्ययनले देखाएको छ । उक्त विषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिन जरुरी छ ।’
उहाँले शान्ति सुरक्षा जनताको अधिकार भएको र यो घटनामा संलग्नलाई अविलम्ब पक्राउ गर्न माग गर्नुभयो । उहाँले नागरिकको सुरक्षामा सरकार गम्भीर हुन माग गर्नुभयो ।
नेता पौडेलले केही दिनअघि काठमाडौँमा मीरा पाण्डे आचार्यलाई दिनदहाडै पसलमा बसिरहेको अवस्थामा हत्या गरिएको सम्बन्धमा शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न माग गर्नुभयो ।
उपाध्यक्ष पौडेलले सरकारलाई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि खवरदारी गर्नु भयो ।






प्रतिक्रिया