अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई अभद्र व्यवहार गर्नेलाई कारवाही गर्न पूर्वमन्त्री थपलियाको माग

अध्यक्ष ओलीलाई अभद्र व्यवहार गर्नेलाई कारवाही गर्न पूर्वमन्त्री थपलियाको माग


काठमाडौं- एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको घटनाप्रति भत्सर्ना गर्दै दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।
पूर्व मन्त्री समेत रहेका थपलियाले शुक्रबार विज्ञप्ती जारी गर्दै पहिचानवादीको व्यानरमा गरिएको अभद्र व्यवहार तथा आक्रमणको प्रयास प्रति आपत्ती जनाउँदै कारबाहीको माग गर्नुभएको हो।
‘साबिकको प्रदेश १ लाई प्रदेशका प्रदेशसभा सदस्यहरु मध्ये ९० प्रतिशतभन्दा बढीको समर्थनमा कोशी प्रदेश नामाकरण गराएको कुरा जानकारी हुँदाहुँदै प्रदेशको नामाकरणको क्षेत्रधिकार नभएका सम्माननीय पूर्व प्रधानमन्त्रीलाई सत्तापक्षकै कार्यकर्ता समेतको नेतृत्वमा अभद्र व्यवहार हुनु गैह्र राजनीतिक एंव् निन्दनीय छ,’ उहाँले भन्नुभएको छ ।

यस्तै थपलियाले यस्ता अराजनीतिक कार्यमा लागेका व्यक्तिहरूलाई कारवाही गर्न समेत माग गरेका छन्।

झापाको बुद्धशान्ति गाउँपालिकामा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदैगर्दा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले ओलीमाथि आक्रमणको प्रयास गरेको थियो।