फिदिम -तीनदिन देखि कोशी प्रदेशको भ्रमणमा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज फिदिममा कार्यकर्ता भेटघाट गर्दैहुनुुहुन्छ । सदरमुकाम फिदिममा आज जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीका साथमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि हुनुहुन्छ ।
झाप,इलाम र तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी भएर हिजो साँझ फिदिम पुग्नु भएको हो । फिदिमको कार्यक्रममा सहभागी भएर अध्यक्ष आजै झापा आउदै हुनुहुन्छ । झापामा आसन्न केन्द्रीय कमिटीको बैठकका विषयमा प्रदेश र जिल्ला स्तरका नेताहरुसँग छलफल गर्नुहुनेछ । बैशाख २८,२९ र ३० गते झापामा नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ ।






प्रतिक्रिया