अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैंकहरु नयाँ शोषकको रुपमा उदाए : मन्त्री किराँती

बैंकहरु नयाँ शोषकको रुपमा उदाए : मन्त्री किराँती


काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्थालाई नयाँ शोषकको संज्ञा दिनुभएको छ।

बैंक तथा वित्तिय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाई थियो।

होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्न गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको बताउनुभयो।

मन्त्री किरातीले पहिले शोषकहरू दौरा सुरूवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताउनुभयो।

उहाँले शहरमा पनि बैंक तथा वित्तिय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराउनुभयो।