मोरङ – झापाको दमकमा सञ्चालनमा आएको किओच बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा। मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको पुन्य श्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको चेक डा। रिजालले रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभयो।
पूर्वमन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई सो चेक हस्तान्तरण गर्नु भएको हो ।
चेक हस्तान्तरण गर्दै मोरङ २ का पूर्व सांसद डा. रिजालले बालबालिकाहरूको स्वास्थ्य सेवालाई मध्यनजर गरेर सञ्चालनमा आएको दमकस्थित सो बाल अस्पतालको प्रशंसा गर्नुभएको थियो ।
प्रतिक्रिया