अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किँदै

कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किँदै


काठमाडौँ-नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज स्वदेश फर्किने हुनुभएको छ । भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आज स्वदेश फर्किन लाग्नुभएको हो ।  

नेपाल वायुसेवा निगमको मुम्बई–काठमाडौँ नियमित उडानबाट भण्डारी स्वदेश फर्किन लागेका उहाँको सचिवालयले जनाएको छ ।   बाँकी उपचार भण्डारीले नेपालमै गर्नुहुने छ । 

गएको फागुन ३ गते बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास ‘लिक’ भई आगलागी भएको थियो । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका हुनुभएको थियो । 

हरिकलाको उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।