अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 भिसी बेघाको पार्थिव शरीर आज अन्त्येष्टि गरिँदै

 भिसी बेघाको पार्थिव शरीर आज अन्त्येष्टि गरिँदै


दमक-बेलायती सैनिकको उच्च पदक भिसीबाट सम्मानित दमकका रामबहादुर बेघाको पार्थिव शरीर आज अन्त्येष्टि गरिँदै छ । गत चैत ९ गते काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बेघाको ८७ंं वर्षको उमेरमा निधन भएको थियो ।

उनको पार्थिव शरीर दमक ल्याई आज अन्येष्टि गर्न लागिएको मृतक बेघाकी बुहारी मनकुमारी वेघाले बताउनु भयाे । सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाउनु भएकाे थियाे । १३ जना गोर्खाली भीसीहरूमा उहाँ मात्र जीवित हुनुहुन्थ्याे ।

दमक ८ का स्थायीबासिन्दा उनका दुई श्रीमती मध्ये हाल श्रीमती पुनिमाया र चार छोरा छन् । बेघा मिर्गौला र मुटु सम्बन्धी पुरानो समस्याबाट अस्वास्थ्य हुनुहुन्थ्याे ।

अनेरी क्याप्टेन समेत रहेका स्व. भिसी वेघाको पार्थिव शरीर आज बिहान ११ बजे विशेष सम्मानका साथ गर्न लागिएको गोर्खा वेलफेयर कार्यालयले जनाएको छ । अन्त्येष्टि पूर्व आइतबार बिहान ७ देखि ११ बजेसम्म दमक ८ स्थित उनको निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको र त्यसपछि दमक ६ स्थित उनकै आफ्नो निजी किरात माङहिममा किरात धर्मसंस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिने अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू (भिसी ) एम.भि.ओ.प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताउनुभयाे । अन्त्येष्टि कार्यक्रममा व्रिटीस सैनिकका उच्च अधिकारी, पूर्व बेलायती सैनिकका अधिकारीहरू लगायतको लगायतको समेत उपस्थिति रहने जनाइएको छ ।

श्रद्धाञ्जलीसहित अन्त्येष्टिका कार्यक्रमलाई थप व्यवस्थित बनाउन सय बढी स्वमसेवकहरु परिचालन गरिएको प्रतिष्ठानका अध्यक्ष थेवेले बताउनुभयाे।