अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अयोग्य लडाकुलाई २ लाख दिन लागेको भन्दै युवा सङ्घले गर्‍यो विरोध, प्रधानमन्त्रीको पुत्ला दहन

अयोग्य लडाकुलाई २ लाख दिन लागेको भन्दै युवा सङ्घले गर्‍यो विरोध, प्रधानमन्त्रीको पुत्ला दहन


काठमाडौँ-प्रमुख प्रतिपक्ष दल एमालेमा आबद्ध राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ । 

शनिवार अपराह्न काठमाडौँको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता, कार्यकर्ताहरुले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै प्रधानमन्त्री दाहालको पुत्ला दोहन गरेको हो । 

त्यसक्रममा उनीहरुले लडाकुको नाममा अर्बौं घोटाला गर्न खोजेको भन्दै सरकारविरुद्ध नाराबाजी लगाएका थिए । अयोग्य लडाकुहरुको नाममा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्नेगरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधीबेहरी सृजना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिनुभयो । 

राष्ट्रिय युवा संघ, नेपालले शुक्रवार (हिजो) अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरुप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।