अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि


काठमाडौँ-आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि आएको हो । 

सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।  

आज छापावाल सुनको मूल्य १ लाख ९ हजार २०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ ।