काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले धर्नामा रहेका महावीर पुनको भनाइ सुन्नुपर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले धर्नामा रहेका पुनको भनाइ सुनेर अन्वेषणको लागि दिगो प्रणाली बसाउन सोच्नुपर्ने बताउनु भयो ।
उहाँले सरकारलाई भन्नुभएको छ, ‘धर्नामा रहेका महावीर पुनको भनाई के रहेछ ? सुनौं ! अन्वेषणको लागि दिगो प्रणाली कसरी बसाल्ने हो, सोचौं !’
उपमहासचिव रिमालले आयातित प्रविधि प्रयोगको लत छुटाउन अन्वेषण, प्रविधि र उद्यमशीलताको खाँचो रहेको बताउनुभयो ।
‘भारतमा विज्ञान/प्रविधि विभाग मातहत राष्ट्रिय नवप्रवर्तन प्रतिष्ठान छ । चीनमा चाइनिज एकेडेमी अफ साइन्सेजको बेजिङ एडभान्स्ड साइन्सेज एण्ड इनोभेसन सेण्टर छ,’ उहाँले सरकारलाई सुझाव दिँदै भन्नुभएको छ, ‘हामीलाई आयातित प्रविधि प्रयोगको लत लागेको छ । यो लत छुटाउन अन्वेषण, प्रविधि र उद्यमशीलताको सबैभन्दा बढी खाँचो हामीलाई नै छ ।’
उहाँले दुई छिमेकीको अनुभवबाट केही सिक्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।






प्रतिक्रिया