अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने निर्णय गर्न रास्वपाले बोलायो दलको बैठक

सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने निर्णय गर्न रास्वपाले बोलायो दलको बैठक


काठमाडौं- सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि कायम राख्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।

उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो । भोली दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको थियो ।