अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुटपाटको उद्देश्यले निरा पाण्डेको हत्या

लुटपाटको उद्देश्यले निरा पाण्डेको हत्या


काठमाडौँ – प्रहरीले काठमाडौँको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ। प्रहरीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट खुलेको पनि जनाएको छ।

‘९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो’, सीआइबीका एसएसपी दिनेश आचार्यले भन्नुभयो, ‘घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको देखिन्छ। त्यस्तै भोलिपल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको पनि खुलेको छ ।’

विश्वकर्माले तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा उक्त सिक्री धरौटीमा राखेको प्रहरीले जनाएको छ। प्रहरीले सुनको सिक्री लुटपाटका लागि निराको हत्या गरेको अहिलेसम्मको अनुसन्धानले खुलेको जनाएको छ।