दाङ – रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
मृत्यु हुनेमा गंगादेव गाउँपालिका-२ ओइलामका १५ वर्षीय विद्यार्थी तिलक वली रहेको प्रहरीले जनाएको छ।
दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका-६ राँक ताप्लाका लागि गएको लु १ ज ४७५५ नम्बरको जिप आइतबार साँझ करिब ५ बजेतिर गंगादेव गाउँपालिका-२ को हेलङखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो।
प्रहरीका अनुसार दुर्घटनामा चालकसहित ९ जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको छ। उनीहरूलाई उपचारको लागि दाङको तुलसीपुर पठाइएको छ।
जिप सडकबाट करिब ३०० मिटर तल खसेको र तत्काल ब्रेक फेल हुँदा दुर्घटना भएको भन्ने खुलेको भए पनि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।





प्रतिक्रिया