काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।
उपनिर्वाचनबाट सभापति रवि लामिछाने निर्वाचित भएर आएपछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्न लागेको हो ।
बिहान ११ बजे केन्द्रीय समितिको र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने रास्वपाले जनाएको छ ।
बैठकमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि कायमै राख्ने भन्नेमा निर्णय लिने छ । यसैगरी, आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेन्डा रहेको छ ।






प्रतिक्रिया