अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीको सूचना हकसम्बन्धी अन्तरक्रिया सम्पन्न

प्रेस चौतारीको सूचना हकसम्बन्धी अन्तरक्रिया सम्पन्न


झापा-प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले  एक दिने सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज प्रेस चौतारीले बिर्तामोड नगरपालिका भित्रका क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीलाई सहभागी गराएर सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । 

कार्यक्रममा सूचनाको हक भनेको के हो, सूचनाको हकको परिचय, सूचनाको हक सम्बन्धी ऐन,२०६४को जानकारी, सूचना माग गर्ने निवेदनको ढाँचा, माग गर्न नमिल्ने सूचनाहरू, सूचनाको हक र पारदर्शिता लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा सहजीकरण प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष, सूचना अभियन्ता प्रदीप परियारले गर्नुभएको थियो । सहभागीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रशिक्षक तथा अभियन्ता परियारले आम सरोकारको सूचना माग गर्दा सम्बन्धी कार्यालयले नदिएमा नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ३ अनुसार मौखिक नभएर लिखित निवेदन दिएर सूचना माग गर्न आग्रह गर्नुभयो ।

संगठनका अध्यक्ष मन कुमार गदालको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले अहिलेको प्रविधिको युगमा जोसँग धेरै सूचना छ त्यो नै विश्वको धनी मानिने हुँदा सार्वजनिक सरोकारको सूचनाको जानकारी राख्नु पर्ने बताउनु भयो । 

आफ्नो गाउँ ठाउँको सरोकारको विषय आफैले उठाऊँ पर्ने भएकाले अध्ययन गरेर जनता सामु ल्याउन पनि सहभागीलाई सदस्य पोखरेलले आग्रह गर्नुभयो । 

समापन कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष गदालले सहभागीहरूलाई माछा मार्ने जाल नदिएर माछा मार्ने सीप अर्थात् सूचना माग्ने सानै भएपनि सीप सिकाएको बताउनु भयो । सूचनाको हकलाई व्यवहारमा उतार्ने काममा प्रेस चौतारी सबैसँग हातेमालो गर्न तयार रहेको अध्यक्ष गदालले प्रतिबद्धता व्यक्त गर्नुभयो