काठमाडौँ-वर्षाका कारण नेपाल र यूएईबीचको खेल प्रभावित भएको छ । आज जारी एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको हो ।
पानी परेपछि खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।
खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक/एक विकेट लिएका छन् ।
प्रतिक्रिया