अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो


काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचि अनुसार पेट्रोल डिजेल लगायतको मूल्य घटेर आएको हो।

नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा र डिजल लिटरमा ४ रुपैयाँ ११ पैसा मूल्य घटेर आएको छ।

हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल भारत सम्झौता छ। जस अनुसार नयाँ मूल्य आएको हो। नयाँ मूल्य अनुसार अब निगमलाई पेट्रोल लिटरमा १० रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने छ।

अहिले पेट्रोलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर र डिजेलमा १६५ रुपैयाँ प्रतिलिटर कायम छ। यही मूल्य कायम रहेमा नियमको नाफा प्रति १५ दिनमा १ अर्ब नाघ्ने छ।