अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै


काठमाडौँ-लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएकाे छ । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुहुने भएकाे हाे ।

गत बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएकाे थियाे । पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक/एक र स्वतन्त्र एक सांसदसहित ५३ सांसदको समर्थन रहेको छ ।