झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा हुने केन्द्रीय कमिटीको पाँचौं बैठकलाई भव्यताका साथ सम्पन्न गर्न जिल्ला कमिटीले विभिन्न उपसमितीहरु गठन गरेको छ ।
जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा हिजो बसेको बैठकले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुको झापा बसाइ सहज बनाउन नौवटा समिती गठन गरेर विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको छ ।
अध्यक्ष कार्कीका अनुसार ३५ वर्षपछि झापामा हुन लागेको केन्द्रीय कमिटीको बैठकलाई झापालीले ऐतिहासिक अवसरका रुपमा लिने भन्दै यसलाई भव्य रुपमा सम्पन्न गर्न पार्टीका सबै जनवर्गीय संगठनहरुलाई समेत विभिन्न भूमिका दिइएको छ ।
बैशाख २९ देखि ३१ गतेसम्म दमकमा हुने बैठकमा अतिथीहरुको सहज व्यवस्थपनका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी दिइएको छ । पार्टीले जारी गरेको निर्देशन अनुसार मुल व्यवस्थापन समितीको संयोजक स्थायी कमिटी सदस्य एवं झापा इन्चार्ज अग्नी खरेललाई तोकिएको छ । समितीमा पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल,केन्द्रीय सदस्यहरु रविन कोइराला,रोमनाथ ओली,गीता अधिकारी,हरी राजवंसी,मेनका काफ्लेलाई जिम्मा दिएको छ । यसैगरी प्रदेश सदस्यहरु होमबहादुर थापा, इन्द्र भण्डारी,एलपी साँवा,मदन अधिकारी,हिरा थापा,अम्बर शिवाकोटी,अम्बिका खनाल रहनुभएको छ । जिल्ला सचिव शिव ढुंगेल र सदस्य तुलसी कार्कीलाई पनि मुल व्यवस्थापन समितीको जिम्मेवारी दिइएको छ ।



अध्यक्ष कार्कीका अनुसार आवास तथा खाद्य समितीको संयोजकमा प्रदेश कमिटी सदस्य होमबहादुर थापा हुनुहुन्छ । समितीमा मदन अधिकारी,राजन दंगाल र भरत चम्लागाईं हुनुहुन्छ । यस्तै मञ्च व्यवस्थापन समितीको संयोजकमा अम्बिका खनाल हुनुहुन्छ । सदस्यहरुमा लिला दाहाल,बोधप्रसाद घिमिरे र गेहनाथ पोखरेल हुनुहुन्छ ।
यसैगरी बैठक हल व्यवस्थपन समितीको संयोजकमा रोमनाथ ओलीलाई जिम्मेवारी दिइएको छ । समितीका सदस्यहरुमा गीता अधिकारी र मेनका काफ्ले हुनुहुन्छ । यसैगरी जनपरिचालन समितीको संयोजक जिल्ला अध्यक्ष कार्कीलाई दिइएको छ भने सदस्यहरुमा जिल्ला पदाधिकारी,क्षेत्रीय कमिटीका संयोजक र स्थानीय तहका इन्चार्जहरुलाई तोकिएको छ ।
यसैगरी यातायात व्यवस्थापन समितीको संयोजकमा इन्द्र भण्डारी हुनुहुन्छ । समितीका सदस्यहरुमा श्रीप्रसाद मैनाली,राज घिमिरे,नन्दी अधिकारी,असारु राजवंसी,गणेश बस्नेत र प्रजापती सापकोटालाई जिम्मेवारी दिइएको छ ।
प्रचार समितीको संयोजनको जिम्मा शिव ढुंगेलाई दिएको छ भने सदस्यहरुमा चेतन अधिकारी,गणेश पोखरेल,सन्तोष आचार्य हुनुहुन्छ । यसैगरी जिल्ला प्रचार विभागका सदस्यहरुलाई पनि प्रचारप्रसारको जिम्मेवारी दिइएको छ । स्वंयसेवक परिचालन समितीको संयोजक तुलसी कार्कीलाई जिम्मा दिइएको छ । समितीक सदस्यहरुमा युवा संघ तथा अनेरास्ववियुको केन्द्रीय नेतृत्वमा रहेका सम्पूर्ण सदस्यहरुलाई समितीको सदस्यको जिम्मेवारी दिइएको एमाले झापाले जारी गरेको निर्देशनमा उल्लेख छ ।
अध्यक्ष कार्कीका अनुसार जेठ १ गते बैठकका निर्णय दमकमा नै सार्वजनिक गर्ने निर्णय भएको छ ।






प्रतिक्रिया