काठमाडौँ-एसीसी प्रिमियर कपको फाइनलमा नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा अलआउट भएको हो ।
ललित राजवंशीले १० रन बनाएका जुनैद सिद्धिकीलाई आफ्नो शिकार बनाएसँगै यूएईको इनिङ्स समाप्त भएको छ । उनले जम्मा १४ रन दिएर ४ विकेट लिए ।
यस्तै करन केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए ।
यसअघि हिजो वर्षाका कारण खेल २७ ओभर ३ बलमा रोकिएको थियो । हिजो युएई ९ विकेट गुमाएर १०६ को अवस्थामा थियो ।
यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लकाराले १३ तथा बासिल हमिद जुनैद सिद्धिकीले १०–१० रनको योगदान दिए ।
प्रतिक्रिया