अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनका व्यवसायी शंकर कँडेल घरमै मृत फेला

चितवनका व्यवसायी शंकर कँडेल घरमै मृत फेला


काठमाडौं- चितवनका व्यवसायी शंकर कँडेल कोठाभित्र मृत फेला परेका छन्।
आज साँझ भरतपुर–३ स्थित आफ्नै घरमा रहेको अफिस कोठामा उनी मृत फेला परेका हुन्। प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेका थिए।
यसबारेमा थप अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो। कँडेल नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष हुन्। उनी अहिले कांग्रेस महासमिति सदस्य छन्।

चितवनमा कँडेलले अनमोलन फिड्स उद्योग सञ्चालन गरिरहेका छन्।