अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आँधिखोला ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

आँधिखोला ट्रक दुर्घटनामा तीन जनाको मृत्यु


दमौली – पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँधिखोलामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

बुधबार बिहान ९ बजे  तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका-५ आधिखोलास्थित पृथ्विराजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको घरमा ठोक्किएको थियो।

सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ट्रक पल्टेर ठोक्किँदा ८ जना घाइतेहरुलाई उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो । जस मध्ये ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । दुर्घटनापश्चात आक्रोसित भीडले ट्रक तोडफोड समेत गरेका थिए ।

मृत्यु हुनेमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल,  वर्ष ५० को चेतबहादुर घर्ती र ६९ वर्षका सनबहादुर भुजेल रहेका छन् । घाइते ५ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटना स्थलको अवस्था अत्यन्त तनावग्रस्त रहेको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।