विराटनगर – नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा राम राना मगर चयन हुनु भएको छ। इलाम २ (२) बाट निर्वाचित उहाँ प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्रीसमेत हुनु भएको थियो ।
त्यस्तै सचेतकमा सिर्जना राईलाई मनोनीत गरिएको छ। उहाँ भोजपुरबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य बन्नुभएको हो।
मुख्यमन्त्री हिक्मत कार्कीले १३ बाट मन्त्रालयको संख्या घटाएर ९ बनाएसँगै उहाँहरूलाई उपनेता र सचेतकमा नियुक्ति गरिएको छ।
प्रतिक्रिया