काठमाडौं – नवनियुक्त मन्त्रीहरूलाई बिहीबार शपथ खुवाइने भएको छ। नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त तीन जना मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ गराइने भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले बिहीबार ३ बजे शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको जानकारी दिनुभयो।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले कांग्रेस सांसदहरु धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गर्नुभएको हो ।






प्रतिक्रिया