अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन ग्रासरुटको सात प्रदेशको समिक्षा सकियो : ८ सय ५० वटा प्रतिवेदन तयार हुने

मिसन ग्रासरुटको सात प्रदेशको समिक्षा सकियो : ८ सय ५० वटा प्रतिवेदन तयार हुने


काठमाडौं- नेकपा एमालेको मिसन ग्रासरुट पार्टी सुद‍ृढीकरण तथा विस्तार अभियानको सात वटै प्रदेश कमिटीको समीक्षा सकिएको छ ।

बुधबार वाग्मती प्रदेश र वाग्मती प्रदेशको समीक्षा बैठक सम्पन्न भएको छ । योसँगै सात वटै प्रदेश कमिटीको समीक्षा बैठक सकिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

एमालेले फागुन र चैत गरेर २ महिना देशभर मिसन ग्रासरुट अभियान चलाएको थियो । मिसन ग्रासरुट अभियानबाट पार्टीको संगठनात्मक जीवन लयमा फर्किएको समीक्षाको निचोड छ ।

महासचिव पोखरेलका अनुसार बिहीबारदेखि प्रदेश तहका गैरभौगोलिक कमिटीको समीक्षा हुनेछ । यस अभियानबाट ७५३ पालिका, ७७ भौगोलिक जिल्ला कमिटी, ११ गैर भौगोलिक जिल्ला कमिटी, ७ वटा भौगोलिक प्रदेश कमिटी र २ वटा गैरभौगोलिक प्रदेश कमिटी गरी ८५० वटा प्रतिवेदन तयार हुनेछन् ।

ती प्रतिवेदनका आधारमा केन्द्र, प्रदेश, जिल्ला र पालिका तहको कार्ययोजना तयार हुने महासचिव पोखरेलले जानकारी दिनुभयो ।