अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 मोरङमा जीप दुर्घटना : २ जनाको मृत्यु, एक जना घाइते

 मोरङमा जीप दुर्घटना : २ जनाको मृत्यु, एक जना घाइते


विराटनगर-मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यस्तै एक जना गम्भीर घाइते भएका छन् ।

लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ ।

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४  वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको  बताइएको छ ।

गाडी  सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।