अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता गर्नुभएको हो। प्रधानन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच एक्ला एक्लै वार्ता भएको हो।

नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयले संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा दुई नेताबीच भेटवार्ता भएको जनाएको छ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो।

आजै प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपतिसँगको भेटपछि प्रचण्डले ओलीसँग भेटवार्ता गर्नुभएको हो।