काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि निर्दोषलाई फसाउन नहुने बताउनु भएको छ।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछि अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । ‘नक्कली शरणार्थी प्रकरणबारे हामी अध्ययन गरिरहेका छौँ। यो तानेको हो कि तनाएको हो भन्ने अध्ययन हामी गर्दैछौँ। अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ, निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन,’ उहाँले भन्नुभयो ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ।’
उहाँले एमाले सचिव टोपबहादुर रायमाझीलाई बाटैबाट पक्राउ गरिएको कुरा रहस्यमय भएको पनि बताउनुभयो ।
प्रतिक्रिया