अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशसभा प्रतिपक्षविहीन संसद् हुनै सक्दैन: खगराज अधिकारी

गण्डकी प्रदेशसभा प्रतिपक्षविहीन संसद् हुनै सक्दैन: खगराज अधिकारी


गण्डकी – गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले एमाले संविधान उल्लंघन हुँदा फड्के साक्षी बस्न नसक्ने बताउनु भएको छ।

गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज संसदमा विश्वासको मत माग्ने क्रममा नेकपा एमालेसँग पनि मत मागेपछि उत्तर दिने क्रममा उहाँले संसद प्रतिपक्षविहीन हुन नसक्ने भन्दै सो कुरा बताउनु भएको हो ।

उहाँले संसदीय व्यवस्था प्रतिपक्षविहीन हुनै नसक्ने र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पार्नुभएको भाष्यको पछि नलाग्न नेपाली कांग्रेसलाई पनि आग्रह गर्नुभयो।

‘संविधानको बाटो हिँडनुहोस्। संसदीय राजनीतिको भाष्य नै परिवर्तन गर्दै सबैले भोट हालौँ भन्ने हो भने एउट कुरा हो,’ उहाँले भन्नुभयो, ‘हामीले संविधानको रक्षाको लागि पनि विपक्षमा भोट हाल्नुपर्छ।’