अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु: खेलकुदमन्त्री लिम्बु

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु: खेलकुदमन्त्री लिम्बु


काठमाडौं- नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महसूस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ। 

आज मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो। उहाँले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरा आफ्नो प्राथमिकता रहने बताउनुभयो। उहाँले आम नागरिकले देख्नेगरी काम गर्ने बताउनुभयो। उहाँले हरेक कुरालाई सकारात्मक ढङ्गबाट लिनपनि आग्रह गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरूले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु। सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्नेगरी काम गर्नेछु। केही समय अध्ययन गर्न समय लाग्छ । हरेक कुरालाई सकारात्मक ढङ्गबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ। म १८ घण्टाको समय दिएर काम गर्नेछु।’

खेलकुद मन्त्री लिम्बुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गर्नुभएको हो।