अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुद्धजयन्तीमा अध्यक्ष ओलीको शुभकामना

बुद्धजयन्तीमा अध्यक्ष ओलीको शुभकामना


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५६७ औं बुद्धजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले शुभकामना सन्देश जारी गर्दै विश्व शान्ती,अहिंसाका र मानव कल्याणका प्रणेता गौतम बुद्धको योगदानको स्मरण गर्नुभएको छ । गौतमबुद्धका योगदानलाई कदर गर्दै संयुक्त राष्ट्र संघले पनि अन्तराष्ट्रिय बैशाख दिवशको रुपमा मनाउने गरेको छ ।
बुद्धको जन्मस्थल लुम्बिनीले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गरेको अध्यक्ष ओलीको शुभकामना सन्देशमा उल्लेख छ । संयुक्त राष्ट्र संघको पहलमा भएको लुम्बिनी विकास गुरुयोजनाको कार्यन्वयन भइरहेको छ । लुम्बिनीलाई विश्व शान्तीको सहरको रुपमा विकास गर्न नेकपा एमालेको सरकारले एकै पटक पाँच हजार ध्यानीहरु अट्ने सभाहल निर्माण गरेको अध्यक्ष उल्लेख गर्नुभएको छ । आकर्षक पूर्वाधारबाट विश्वभरीका बौद्धमार्गीहरुलाई नेपालमा आकर्षण गर्नका लागि र पर्यटनको केन्द्र बनाउनका लागि यो पूर्वाधारले महत्वपूर्ण योगदान गरेको अध्यक्ष ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।